‘भिजन एक्सलेन्स अवार्ड’बाट डा. रुइतसहित तीनजना सम्मानित  « Khabarhub

‘भिजन एक्सलेन्स अवार्ड’बाट डा. रुइतसहित तीनजना सम्मानित 


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ ।

अस्पताल र संघले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो ।

उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

संघका  अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा रुइत तिलगङ्गा इन्ष्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन भने प्राडा रामप्रसाद नेपाल आँखा अस्पताल र संघका संस्थापक मध्येका एक हुन । त्यसैगरी डा गोपाल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं संघका  कार्यकारी सदस्य हुन ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ०८ बजे

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि