बाइडन एक्लै वैश्विक समस्याका समाधान होइनन् « Khabarhub
Logo
१३ फाल्गुन २०७७, बिहीबार

बाइडन एक्लै वैश्विक समस्याका समाधान होइनन्



राष्ट्रपतीय निर्वाचन क्याम्पेनका दौरान जो बाइडले उनका प्रिय कवि सीमस हेअनीलाई उद्धृत गरेका थिए— होप फर अ ग्रेट सी चेन्ज/अन द फार साइड अफ रिभेन्ज ।

नयाँ निवार्चित अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालको शपथग्रहणपछि उनले परिवर्तन गर्ने समुद्रको दिशाको सबैले व्यग्र प्रतीक्षा गरिरहेका हुनेछन् । यदि उनको पहिलो प्राथमिकता विभाजित अमेरिकालाई एकजुट बनाउनु हो । उनको दोस्रो प्राथमिकता अमेरिकाका एकांकीवादलाई समाप्त गर्नु हो । अमेरिकीहरूलाई उनीहरूलाई विश्वको आवश्यकता रहेको देखाउनुर्छ । विश्वलाई अझै पनि अमेरिकाको आवश्यकताको बोध गराउनु पर्छ ।

महामारी, आर्थिक संकट र जलवायु परिवर्तनको तेहरो मारमा परेको वर्तमान अवस्थामा बाइडनको सफलता पहिलो सय दिनले निर्धारण गर्ने यसअघिको प्रचलनले होइन, सुरुवाती दशबीस दिनका उनका कदमले गर्नेछ । ट्रम्पलाई लगाइएको महाभियोगका अतिरिक्त बाइडनले आफ्नो योजना मुताविक आममानिसलाई भ्याक्सिनको सुविधा कसरी प्रदान गर्नेछन् र कंग्रेसबाट अमेरिकाको अर्थतन्त्रलाई पुनर्ताजगीकरण गर्न कस्तो कदम लिनेछन् भन्ने विषयमा सबैको ध्यान हुनेछ ।

अहिलेको वहुधुव्रीय विश्वमा अमेरिका एकल ध्रुवीय हिसाबमा काम गर्न खोज्दैछ । ट्रम्पले वर्षौं सिञ्चित गरेको पपुलिस्टराष्ट्रवादी सोच सहजै निर्मूल गर्न सकिने छैन ।

बाइडनले आफ्नो कदम वैश्विकरूपमा चाल्नुपर्नेछ । उनको कार्यकाल सफल हुन्छ कि हुँदैन भन्ने अस्तित्वकै संकटका रूपमा देखापरेको समस्या उनले कसरी सम्बोधन गर्छन् भन्ने विषयले गर्नेछ ।

उनको अन्तर्राष्ट्रिय व्यक्तित्वले आन्तरिक समस्या, जस्तै भाइरस मुक्त देश, आर्थिक सुधार र प्रदूषण मुक्त अमेरिकाका बहुपक्षीय सहकार्य विना सफल हुन सक्दैन भन्ने बुझेको छ । बहुपक्षीय सहकार्य यस्तो विषय हो जसलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका आर्थिक राष्ट्रवादीहरूले खारेज मात्रै होइन तिरस्कार नै गरेका छन् ।

शीत युद्धको समाप्तिपछिको एकल धु्रवीय विश्वमा अमेरिका तत्काल वहुध्रुवीय सहकार्यमा गएको थियो (सोच्नुहोस् त, विश्वले सहकार्य गरेर नै ३० वर्षअघि कुवेतबाट इराकलाई हटाइएको) । अहिलेको वहुधुव्रीय विश्वमा अमेरिका एकल ध्रुवीय हिसाबमा काम गर्न खोज्दैछ । ट्रम्पले वर्षौं सिञ्चित गरेको ‘पपुलिस्ट’ राष्ट्रवादी सोच सहजै निर्मूल गर्न सकिने छैन ।

त्यसैले हामीले विगतको अन्तर्राष्ट्रियवाद ‘जहाँसुकै जाऊ, जुनसुकै मूल्य तिर’ भन्ने नारा फेरि बुलन्द गर्ने आकांक्षा राख्न सक्दैनौँ । जोन एफ केनेडीको कार्यकालमा यो सोचाइ यति बुलन्द थियो कि उनले सन् १९६१ को आफ्नो शपथग्रहण भाषणमा आन्तरिक राजनीतिको विषयमा केही कुरा उल्लेख नै गरेनन् ।

हामीले बाइडनले क्लिन्टनले सन् १९९० को दशकमा लिएको ग्लोबल थर्ड वे जस्तो नीति लिन पनि सक्दैनौँ । अमेरिकी आधिपत्यको विषयमा कुनै प्रश्न नउठेको त्यो बेलामा क्लिन्टन प्रशासनले ‘वासिङ्टन कन्सेन्सस’ को नाममा सबै देशलाई एक ठाउँमा बाध्ने काम गर्‍यो ।

अहिले विश्वमा महाशक्तिका लागि धेरै देशले प्रतिस्पर्धा गर्दै गरेका यो बेला अमेरिकाले आफ्नो स्वतन्त्रता घोषणा गरेको २५० वर्षपछि आडम्बरहित ‘स्वतन्त्रताको घोषणा’ गर्नुपर्छ ।

भाइरसबाट मुक्त हुन, वाणिज्य र व्यापार बढाउन र जलवायु परिवर्तनसँग जुध्न, यी सबै कुराका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता हुन्छ । त्यसैले नयाँ राष्ट्रपतिले अड्चनहरू पार गर्न भन्सार दर र विदेशीहरूलाई अमेरिका प्रवेशमा लगाइएको रोकमा पुनर्विचार गर्नेछन् । उनले ‘अमेरिका पहिला’ नीतिबाट ‘सहकार्य पहिला’ नीतितर्फ देशलाई डोर्‍याउनेछन् ।

विश्व महामन्दीका अवसरमा बाइडनसँग काम गर्दा र मैले उनलाई चिनेको हिसाबमा भन्नु पर्दा अटलान्टिक जस्तो होइन सबैलाई मिलाएर लैजाने व्यक्तिका रूपमा उनले प्रशंसा बटुल्नेछन् ।

बाइडनले तत्कालै इटालीका प्रधानमन्त्री (जो जी–२० समूहका अध्यक्ष हुन्) लाई फोन गर्नुपर्छ विश्वमा देखिएको स्वास्थ्य, आर्थिक र पर्यावरण समस्या समाधानका लागि सम्मेलन आयोजना गर्न र आह्वान गर्नुपर्छ ।

राष्ट्रपति बाइडनले अमेरिकनलाई मात्रै भ्याक्सिन लगाएर कोरोना भाइरसबाट छुटकार पाउन सकिँदैन भनेर बुझेका छन् होलान् । गरिब देशले भ्याक्सिन खरिद गर्न नसक्दासम्म भ्याक्सिन लगाएका मानिसलाई पुनः संक्रमण हुने खतरा रहिरहन्छ ।

त्यसैले, अमेरिका र युरोपले जी–२० समूहको नेतृत्व गर्दै पूरा विश्वलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने अनुमानित ३० बिलियन अमेरिकी डलर जुटाउन अघि बढ्नुपर्छ ।

यो एक किसिमको सौदा जस्तै हो, किन कि यदि भ्याक्सिन लगाएपछि पनि पुनः भाइरस सक्रिय भयो भने हाम्रो ट्रिलियन डलरको अर्थतन्त्रलाई त्यसले प्रभाव पार्ने हुँदा अहिले नै बिलियन डलर खर्च गर्नु हितकर हुन्छ ।

कोभिडअघि नै अमेरिका लगायतका सबै आधुनिक अर्थतन्त्रले बेरोजगारीको समस्या भोग्न थालेको थियो । कुनै पनि विकशित देशले कोरोना महामारीका कारण सन् २०२० मा अर्थतन्त्रमा परेको असरबाट देशलाई माथि उठाउन सम्भव छैन । यो सम्भावना त्यतिबेलासम्म हुँदैन जबसम्म सबै देशले योजनाबद्धरूपमा आर्थिक अवस्था सुधार्न योगदान गर्न सक्दैनन् ।

आजको कम मुद्रास्फीति र कम व्याज दरको समयमा विश्वभर वचत भएको पैसा लगानीका लागि प्रतीक्षारत छन् । उत्पादकत्व बढाउने क्षेत्रमा सार्वजनिक लगानी गर्नसके त्यसले अन्ततः लगानीकर्तालाई नै फाइदा पुग्नेछ ।

विश्व महामन्दीको बेला गरिएको साझा प्रयत्नको मेरो अनुभवले के बताउँछ भने सबै क्षेत्रीय शक्तिराष्ट्रले एकल हिसाबमा अहिलेको समस्या समाधानका लागि गर्ने योगदानको तुलनामा यदि संयुक्त राज्य अमेरिका, युरोप र एसिया एकजुट भएर समस्याको समाधान खोज्ने हो भने त्यसको प्रतिफल अझ चाँडै प्राप्त गर्न सकिनेछ ।

उच्चस्तरको साझेदारी हुने हो भने अत्यधिक आवश्यक करिब २० मिलियन मानिसले नयाँ रोजगारीको अवसर प्राप्त गर्नेछन् । यसमा अझै वृद्धि हुनेछ । राष्ट्रपति बाइडनले अफ्रिका लगायतका क्षेत्रमा आपतकालीन सहयोग चालु गरेको अवस्थामा नयाँ रोजगारीको संख्या अझै बढ्नेछ ।

राष्ट्रपति ट्रम्पले आर्थिक सहायता बन्द गरिदिएका थिए । विश्वभर ऋणमा डुबेका देशलाई राहत दिन सक्ने हो भने त्यो २१औँ शताब्दीको मार्सल प्लान हुनेछ । त्यसका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले स्पेसल ड्रइङ राइटमार्फत स्वास्थ्य, शिक्षा, गरिब निवारण लगायतका क्षेत्रमा पनि लगानी गर्नुपर्नेछ ।

ट्रम्पको असफल कार्यकालले बाइडनका सामु पर्याप्त ऐतिहासक अवसर दिएको छ । मैले चिनेका बाइडनले चीनको अनुदारवादी नीतिको र रसियाको अवसरवादको ठटेर सामना गर्नेछन् । उनले इरानको आणविक हतियारसम्बन्धी उल्टाइएको नीतिका विषयमा पनि चाँडै कदम चाल्नेछन् ।

बाइडन यही हप्ता पेरिस जलवायु परिवर्तनमा जोडिने छन् । डिसेम्बरमा ग्लासगोमा आयोजना हुने कोप २६, जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा पनि सहभागी हुने घोषणा गर्नुपर्छ । उनले सन् २०२० ग्लोबल वार्मिङसँग जुध्ने अन्तिम अवसर हुन सक्ने यसअघि नै बताइसकेका छन् । यो मामिलामा उनको आन्तरिक पहलकदमी स्वागतयोग्य भए पनि पर्याप्त भने छैन ।

नेट जिरो कार्बन अर्थतन्त्र हाम्रो समयको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय यात्रा हो । यसका लागि अमेरिका र युरोपले अन्य देशलाई यो दिशामा हिँड्ने अभिप्रेरणा दिनुपर्छ । धनी, गरीब सबै देश सन् २०३० सम्म हरित विश्व बनाउने संकल्पमा अघि बढ्नुपर्छ ।

ट्रम्पको असफल कार्यकालले बाइडनका सामु पर्याप्त ऐतिहासक अवसर दिएको छ । मैले चिनेका बाइडनले चीनको अनुदारवादी नीतिको र रसियाको अवसरवादको ठटेर सामना गर्नेछन् । उनले इरानको आणविक हतियारसम्बन्धी उल्टाइएको नीतिका विषयमा पनि चाँडै कदम चाल्नेछन् ।

यी अपरिहार्य काम जुन तत्काल गर्नुपर्ने छ, जो यो पिँढीकै चुनौती हो । सन् १९८० को दशकमा बाइडन रोनाल्ड रेगनको आणविक हतियार कम गर्न गोर्भचेवसँग सम्झौताका लागि मस्को गएदेखि नै निःशस्त्रीकरणको पक्षमा छन् ।

मलाई के विश्वास छ भने बाइडन आणविक हतियार ‘पहिला प्रयोग नगर्ने’ प्रतिबद्धता जाहेर गर्ने विश्वकै पहिलो राष्ट्रपति हुनेछन् । उनले आणविक हतियार परीक्षण र युरानियम उत्पादन कम गर्ने वार्ताको नेतृत्व गर्नसके विश्व निःशस्त्रीकरणको बाटोतर्फ अग्रसर हुनेछ ।

फ्राङ्किलन रुजबेल्टपछिको ९० वर्षको अमेरिकी इतिहासमा नै तमाम चुनौती र परिवर्ततको तीव्र माग भएको अवस्थामा बाइडन अमेरिकाको राष्ट्रपति भएका छन् । फ्राङ्लिनले आफ्नो शपथग्रहण भाषणमा भनेको ‘एक्सन एण्ड एक्सन नाउ’ आजको यो जोमिखपूर्ण घडीमा पनि सान्दर्भिक हुन्छ । राष्ट्रपति बाइडनलाई यो थाहा छ । उनको कदम त्यो भन्दा कम हुनेछैन ।

(ब्राउन सन् २००७ देखि २०१० सम्म बेलायतको प्रधानमन्त्री रहेका थिए । जनवरी २०, २०२१ मा प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0