बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा | Khabarhub Khabarhub

बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ ।

बिहीबार राति भएको अन्तिम ३२को खेलमा कोर्नेलालाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा पुगेको हो ।

कोर्नेलाको मैदानमा बार्सिलोनाले दुई पेनाल्टीमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा ओसुमाने डेम्बेले र मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

खेलको ९२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

११८औँ मिनेटमा अल्बर्टले रातो कार्ड पाएपछि कोर्नेला १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको १२०औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

त्यसअघि खेलको ३९औँ मिनेटमा मिरालिम पाज्निकले पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै ८०औँ मिनेटमा डेम्बेले पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार