बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ | Khabarhub Khabarhub

बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो ।

क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम गाव्रियससले बिदाका कार्यक्रम रद्द गरेर आफ्नो ज्यान बचाउन आग्रह गरेका छन् । यसका लागि जर्मनी र फ्रान्सलेजस्तै स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ ।

बढ्दो ओमिक्रोन संक्रमणका कारण अहिलेसम्म नेदरल्याण्ड्सले मात्रै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ । बाँकी युरोपियन र अमेरिकी देशहरुले बुस्टर डोज खोपमा जोड दिइरहेका छन् ।

यसअघि दोस्रो लहर डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिने भएकाले संक्रमण रोक्न चाल्नुपर्ने कदम उठाउन ढिलाइ गर्न नहुनेमा डब्लुएचओको जोड छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : १४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र