बाबुरामको नजरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउनुपर्ने ओलीका काम « Khabarhub

बाबुरामको नजरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउनुपर्ने ओलीका काम


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यंग्यका पात्र बनेका छन् ।

ओलीको यो भनाइ आएपछि अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराईले गिनिज बुकमा लेखाउन लायक ओलीले गरेका कामको सूची तयार पारेका छन् । उनले ट्वीट गर्दै सूची सार्वजनिक गरेका छन् ।

उनले दुई पटक संसद् विघटन, दुई तिहाइको सरकार ढल्नु, ६ वटा प्रदेशमा सरकार नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेडर्क राख्न लायक काम भन्दै व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्, ‘ओलीको गिनिज बुक रेकर्ड= १ २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना २ संघमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३ सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी, ४ मुखमा कम्युनिष्ट मनमा ठोरीवाला रामस, ५ हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना !’

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ३४ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम