बैतडीको आकाशमा हेलिकोप्टरबाट तीन चक्कर लगाएर फर्किए प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

बैतडीको आकाशमा हेलिकोप्टरबाट तीन चक्कर लगाएर फर्किए प्रधानमन्त्री देउवा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेका छन् ।

गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेल्धुरा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर अनुगमन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिसँग भेट गरी डडेल्धुरा प्रथान गरेका छन् ।

देउवाले करिब २० मिनेट जति स्थानीयसँग भलाकुसारी गरेको स्थानीय घनश्याम धामीले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका बिषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फर्किनुभयो ।’ प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याबारे ज्ञापनपत्र बुझाएका छन् ।

वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडको करिब २ सय रोपनी धानखेत बगरमा परिणत भएको छ भने ५ घर भत्किएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ३ : ३७ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि