मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोटरसाइकल चोरेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर छन् ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा उनलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो ।

१० दिनअघि मोटरसाइकल हराएका भनेर काभ्रेको चौरी देउराली घर भएका प्रकाश गौतमले ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए ।

अहिले आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको एसएसपी भट्टराईले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : ५५ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा