कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग | Khabarhub Khabarhub

कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग



दोहा– नेपालमा कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरविरुद्ध लड्न कुवेतले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिडको उपचारमा प्रयोग हुने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर सामाग्री पठाइएको छ ।

यस्तै, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पीपीईलगायत स्वास्थ्य सामाग्री तथा उपकरण पठाइएको दूतावासले जनाएको छ ।

दूतावासको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) बाट सहयोग प्राप्त स्वास्थ्य सामाग्री जजिरा एयरवेजमार्फत मंगलबार नेपाल पठाइएको हो ।

नेपालको कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएकोमा दूतावासले कुवेत रेड क्रिसेन्ट सोसाइटीप्रति हार्दिक आभार प्रकट गरेको छ ।

साथै, दूतावास तथा रेड क्रिसेन्ट सोसाइटीको समन्वयमा मानवीय सहायता स्वरूप उपलब्ध गराइएका उक्त सामग्री तथा उपकरण सहज रूपमा कुवेतबाट काठमाडौँसम्म पुर्‍याउन सहयोग गरेकोमा जजिरा एयरवेज व्यवस्थापक एवं सञ्चालकलाई पनि दूतावासले धन्यवाद व्यक्त गरेको छ ।

यसअघि नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तीव्र भएपछि कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका विभिन्न सरकारी निकायहरुसँग महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ३५ बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको