५२ वर्षअघि आजकै दिन ! | Khabarhub Khabarhub

५२ वर्षअघि आजकै दिन !


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जुलाई २१, पाँच दशकअघिको जुलाई महिना, अन्तरिक्ष विज्ञानको दुनियाँमा प्रतिक्षाको समय । जुलाईको यसै समय ‘एपोलो ११’ यान अन्तरिक्षमा उडिरहेको थियो । यानमा थिए, निल आर्मस्ट्रङ, एडविन अल्ड्रिन जुनियर र माइकल कोलिन्स ।

१९६९ जसलाई १६ का दिन निलको नेतृत्वमा पृथ्वीबाट उडेको टोली २१ जुलाईमा चन्द्रमामा पुगेको थियो । सोही तीन जनाको समूह २४ जुलाईका दिन पृथ्वीमा अवतरण भएको थियो ।

चन्द्रमाको सतहमा निलले पाइला टेकेको १९ मिनेटपछि एडविनले टेके । एउटै यानमा पृथ्वीबाट उडे पनि निल चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति भए । कुल २ घण्टा १५ मिनेट स्पेसक्राफ्ट बाहिर बिताएको यो जोडी साढे २१ केजी चन्द्रचट्टान पृथ्वीमा ल्यायो ।

पाइलट माइकल कोलिन कक्षमा घुमिरहे । निल र एडविनले २१ घण्टा ३६ मिनेट कोलीनसँग छुट्टिएर बिताएपछि स्पेसक्राफ्ट कक्षमा पुगेर मूल यानसँग मिसिएको थियो ।

फ्लोरिडाको केनेडी स्पेस सेन्टरको स्टभ भी रकेटबाट बनाइएको ‘एपोलो ११’ नासाको एपोलो प्रोग्राम अन्तर्गतको पाँचौँ मिसन थियो ।

धेरैको चासो चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति नै हुनसक्छ । १९३० अगस्ट ५ मा जन्मिएका निल आर्मस्ट्रङ, एरोनटिकल इन्जिनियर र टेस्ट पाइलट थिए । उनी विश्वविद्यालयका प्राध्यापक पनि थिए ।

एपोलोमा तीन टुक्रा थिए । कमान्ड मोडलमा तीन जना अन्तरिक्ष यात्री थिए । सपोर्ट मोडलमा अक्सिजन लगायत अति आवश्यक सामग्री थिए । लुनार मोडलमा दुई भाग थियो । यात्रीलाई चन्द्रमामा अवतरण गराउने डिसेन्ट भाग र त्यहाँबाट उठाएर ल्याउने एसेन्ट लुनार मोडलमा थिए ।

मान्छेको सभ्यताको यो अनुपम दिनको ५० वर्षपछि अन्तरिक्षका सम्बन्धमा थुप्रै कथाहरू लेखिएका छन् । थुप्रै उपलब्धि भएको छ । यो उपलब्धिसँगै अब मान्छेको चासो चन्द्रमापछि मङ्गलमात्र होइन शुक्रसम्म पुगेको छ ।

धेरैको चासो चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति नै हुनसक्छ । १९३० अगस्ट ५ मा जन्मिएका निल आर्मस्ट्रङ, एरोनटिकल इन्जिनियर र टेस्ट पाइलट थिए । उनी विश्वविद्यालयका प्राध्यापक पनि थिए ।

अमेरिकी हवाई सेनाको खर्चमा उनले एरोनटिकल इन्जिनियरिङ पढेका थिए ।

हतियार बोकेर उनले कोरियाली युद्ध पनि देखेका थिए । सन १९५१ को सेप्टेम्बरमा बमको अभ्यास गर्ने क्रममा तारमा ठोक्किएर उनको एयर क्राफ्ट बिग्रिएको थियो । धन्य ! उनी कुशल रहे । स्नातक पढाइपछि उनी ‘हाई स्पिड फ्लाइट स्टेसनका टेस्ट पाइलट’ भए ।

निल सन् १९६२ मा नासा एस्ट्रोनट कप्र्समा आबद्ध भए । सन् १९६६ मा पहिलो पटक स्पेस फ्लाइटको रूपमा उनले ‘जेमिनी ८’ उडाए । यससँगै उनी अन्तरिक्ष यात्रा गर्ने पहिलो सिविलियन भए । त्यसपछि उनले स्पेस क्राफ्टको टुक्रा छुट्याएर जोड्ने अभ्यास गरे जुन प्रविधि चन्द्रमामा यात्रामा प्रयोग भएको थियो ।

एक्लै चन्द्रमाको कक्ष परिक्रमा गर्ने दोस्रो व्यक्तिको रूपमा माइकलको कीर्तिमान छ । उनले चन्द्रमालाई मात्र ३० पटक घुमेका थिए । उनको निधनमा एडविनले दुःख व्यक्त गर्दै जहाँ रहे पनि इतिहासले ५२ वर्षअघिको त्यो गौरवको दिन सधैँ सम्झिने बताए । ५० वर्षअघि उपलब्धि हासिल त्यहाँ स्थान फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा माइकलले सन् २०१९ मा भ्रमण गरेका थिए ।

चन्द्रमामा अवतरणको सफलतापछि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले उनलाई १९६९ ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ र राष्ट्रपति जिम्मी कार्टरले १९७८ मा ‘कंग्रेसनल स्पेस मेडल अफ अनर’ बाट सम्मानित गरे । सन् २००९ मा ‘कंग्रेसनल गोल्ड मेडल’ पाए ।

सन् १९७१ मा नासाबाट राजीनामा दिएपछि निल ‘युनिभर्सिटी अफ सिनसिननाटीका डिपार्टमेन्ट अफ युरो स्पेस’ मा प्रशिक्षकका रुपमा सन् १९७९ सम्म सक्रिय रहे । उनले ‘एपोलो १३ दुर्घटनाको छानबिन समिति’ मा पनि काम गरे ।

भियोला लोउसी र स्टेफन कोइङ आर्मस्ट्रङका छोरा निल जर्मन, स्कट आइरिस र स्कट मूलका व्यक्ति थिए । उनका बाबु सरकारी कार्यालयका अडिटर थिए । पहिलो पटक ६ वर्षको उमेरमा बाबुसँग विमान चढेपछि उनलाई आकाशमा उड्ने रहर जागेको थियो । यही रहरका कारणले उनले संसारमा तहल्का मच्चाए ।

सबैभन्दा आश्चर्यजनक कुरा के हो भने उनी अमेरिकी विदेश नीतिका आलोचक थिए । अन्य देशमा पनि धेरै चासो दिने अमेरिकाको चलन उनलाई मन परेको थिएन ।

निलका अन्य सहकर्मी अन्तरिक्ष वैज्ञानिकहरू ग्लेन र ह्यारिन स्कमिट राजनीतिमा सक्रिय भए । निलका लागि पनि डेमोक्रेट र रिपब्लिक दुवै दलबाट राजनीतिमा सक्रिय हुन प्रस्ताव आएको थियो । उनले अमेरिकाले आफूलाई संसारको पुलिस झैँ ठानेको प्रतिक्रिया दिँदै राजनीतिमा सक्रिय हुन नचाहेको जनाए ।

निलकी आमालाई शुरूका दिनहरूमा धार्मिक कर्ममा चासो थिएन । छोरो चन्द्रमामा पुगेर फर्केपछि उनी असाध्यै धर्मात्मा बनिन् । पछि अमेरिकी कंग्रेसका सामु निलले आफूलाई यो अवसर दिएकोमा सृष्टिकर्ताप्रति आभार व्यक्त गरे ।

निलले चन्द्रमामा हिँडिरहँदा आफूले प्रार्थना गरेको र त्यो प्रार्थनामा आफूलाई इस्लाम झैँ महसुस भएको पनि बताएका छन् । यो भनाइलाई आधार बनाएर इन्डोनेसियामा मुस्लिमहरूले गीत बनाएका थिए ।

सन् २०१२ को ७ अगस्टमा निलको बाइपास सर्जरी भएको थियो । उपचारको क्रममा विभिन्न जटिलताका कारण सोही वर्ष २५ अगस्टमा उनको निधन भयो ।

निलको निधनमा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले निल अमेरिकी इतिहासको सर्वकालीन नायक भएका र उनकै कारण थुप्रै अमेरिकीमा इतिहास रच्ने प्रेरणा मिलेको बताए । निलको परिवारजनले पनि वक्तव्य जारी गर्दै उनी संसारभरका युवाका लागि नयाँ उपलब्धिको सपना देख्न प्रेरणको स्रोत भएको जनाएका थिए ।

सोही समयमा उनका सहयात्री एडविनले दुई जनाले यो महान् उपलब्धि प्राप्त गरेको ५० वर्षमा, सन् २०१९ मा, चन्द्रमामा सँगै पाइला टेक्ने इच्छा पूरा नभएकोमा दुःख व्यक्त गरे । माइकल कोलिनले संसारले अद्भूत व्यक्तित्व गुमाएको बताका थिए । पृथ्वीको कक्षमा पुग्ने पहिलो अमेरिकी जोन ग्लेनले पनि निललाई श्रद्धाञ्जलि दिएका थिए ।

निलको विरासत थाम्ने गरी सन् १९६९ कै नोभेम्बर १९ मा ‘एपोलो १२’ मार्फत पिट र कोनार्डले चन्द्रमामा पाइला टेकेका थिए । अन्तरिक्ष पर्यटनको समेत सोच विकसित भइसकेका कारण चन्द्रमामा पाइला टेक्ने कुरा सम्पन्न देशका लागि भयङ्कर त नहोला तर ५२ वर्षअघिको त्यो साहस र हिम्मत संसारले सधैँ सम्झिने गरेको छ ।

मानव सभ्यताको इतिहासमा त्यो चामत्कारिक दिनको ५२ वर्ष पूरा भएको छ । संसारले यी तीन जनालाई सधैँ सम्झिने छ । जुलाईको २१ तारिख निकै महत्वपूर्ण हुनेछ ।

‘एपोलो ११’ यानका अर्का सदस्य माइकल कोलिनको पनि सन् २०२१ मै निधन भयो । सहयात्री तीन जनामध्ये अब एडविन जुनियरमात्र जीवित छन् ।

सन् १९५१ को युनाइटेड स्टेट्स मिलिटरी एकेडमीबाट स्नातक एड्विन मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेपछि अमेरिकाको हवाई सेनामा आबद्ध भएका थिए । उनी पनि कोरिया युद्धमा सामेल थिए । लिन र एडविन जीवनको लामो कालखण्डमा धेरै कुरामा सँगै थिए । उनले पनि सन् १९७१ मा नासाबाट राजीनामा दिए ।

सन् १९७३ मा उनको आत्मवृत्तान्त ‘रिटर्न टु द अर्थ’ प्रकाशित भयो । सन् २००९ मा ‘म्याग्निफिसेन्ट डिसोलेसन’ प्रकाशित भयो । उनका यी दुई पुस्तक धेरै युवाका लागि प्रेरणाका बनेका छन् । नासाबाट राजीनामा दिए पनि विभिन्न अन्तरिक्ष अभियानमा उनी सक्रिय छन् । नासाको मङ्गलग्रह परियोजनामा समेत एडविनको संलग्नता रहेको छ । उनी पनि सन् १९६९ को प्रेसिडेन्सल मेडल अफ फ्रिडम लगायत अनेकौँ अवार्डबाट पुरस्कृत भए ।

सहयात्री भएर पनि चन्द्रमामा पाइला टेक्न नपाएका माइकल कोलिनको ९० वर्षको उमेरमा क्यान्सरका कारण गत २८ अप्रिलमा निधन भयो । उनी पनि अमेरिकी मिलिटरी एकेडमीमै पढेर पाइलट भएका थिए । सन् १९६३ मा नासामा आबद्ध उनी तेस्रो समूहमा थिए ।

एक्लै चन्द्रमाको कक्ष परिक्रमा गर्ने दोस्रो व्यक्तिको रूपमा माइकलको कीर्तिमान छ । उनले चन्द्रमालाई मात्र ३० पटक घुमेका थिए ।

उनको निधनमा एडविनले दुःख व्यक्त गर्दै जहाँ रहे पनि इतिहासले ५२ वर्षअघिको त्यो गौरवको दिन सधैँ सम्झिने बताए । पचास वर्षअघि उपलब्धि हासिल त्यहाँ स्थान फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा माइकलले सन् २०१९ मा भ्रमण गरेका थिए ।

धेरैले माइकल कोलिनलाई पनि चन्द्रमा अवतरणका अदृश्य नायकको रूपमा व्याख्या गरे । उनी सन् २०१९ मा ट्वीटरमा त आबद्ध भएका थिए तर यो सामाजिक जीवनमा कहिल्यै रमाइलो नलागेको बताए ।

मानव सभ्यताको इतिहासमा त्यो चामत्कारिक दिनको ५२ वर्ष पूरा भएको छ । संसारले यी तीन जनालाई सधैँ सम्झिने छ । जुलाईको २१ तारिख निकै महत्वपूर्ण हुनेछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ५९ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको