यस्तो छ निर्जला एकादशीको धार्मिक महिमा | Khabarhub Khabarhub

यस्तो छ निर्जला एकादशीको धार्मिक महिमा


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्ज निर्जला एकादशी । एक वर्षमा हुने २४ वटा एकादशी मध्ये यस एकादशीको विशेष महत्व रहने गरेको छ । हुनत हिन्दू धर्ममा सबै एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । तर निर्जला एकादशीको व्रत अझ विशेष मानिन्छ ।

हुनत, अधिकमास अथवा मलमास परेको वर्ष यो एकादशीको संख्या बढेर २६ हुन जान्छ । ति एकादशीलाई पद्मिनि विशुद्ध एकादशी र परमाशुद्ध एकादशी पनि भनिन्छ ।

तर ज्येष्ठ महिनाको शुक्ल पक्ष तिथीको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर यसलाई मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ । त्यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

यस्तो निर्जला एकादशीको कथा

एक पटक महर्षि व्यास पाण्डवहरूकोमा आए । त्यहा सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ– धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए । त्यस क्रममा महाबली भीमले महर्षि व्यासलाई निवेदन गरे – हे पितामह ! तपाईँले त, प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् । परन्तु म नखाई रहन सक्दिन । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन – मेरो पेटमा वृक नामक अग्नि छ, त्यसलाई शान्त राख्न मैले कैयौं मान्छेको बराबर अथवा कैयौं पटक भोजन गर्नु पर्दछ । यस्तोमा के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्य व्रतबाट बाँच्न सकुँला ?

महाबली भीमको कुरा सुन्दै पितामहले समस्याको समाधान स्वरुप उनको मनोबल बढाउँदै भने – हे कुन्तीनन्दन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत–नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ ।

अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।

महर्षिले भीमलाई भने ज्येष्ठ शुक्ल एकादशीको व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रतबाट अन्य तेइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ । तिमी जीवन पर्यन्त यस व्रतको पालन गर ।

यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे ।

यस एकादशीले वर्षभरीका एकादशिहरूको पुण्य लाभ दिने गर्दछ । यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयम् निर्जल रहेर ब्राह्मण वा आवश्यकता भएकाहरुलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

व्रतको विधान

यो व्रतलाई नर नारी दुबैले गर्नु पर्दछ । जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ । यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।

एकादशीको रातमा जाग्राम बस्ने चलन छ । मार्कण्डेय पुराण र बिष्णु पुराणमा यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । साथै निर्जला एकादशीको व्रत पश्चात द्धादशीका दिनमा बिहान उठेर, चोखो भएर दानपुण्य गरेर मात्र भोजन लिने चलन छ ।

यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखि पवित्रताका साथ आरती र वन्दना गरिन्छ ।

एकदशीकै दिनमा आफ्ना बिचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ, बिष्णुको शालिग्राम स्वरुपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम