सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र | Khabarhub Khabarhub

सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुर जिल्लाको सीमा समस्या सामाधानका लागि अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले आज उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवी महासेठलाई मागपत्र बुझाएको छ ।

मन्त्री महासेठलाई उनकै कार्यकक्षमा सीमा सरोकार समूहका पदाधिकारीले मागपत्र बुझाउँदै जिल्लाको सीमा समस्याको मुख्य कारकका रुपमा रहेको स्ट्रीप नक्शालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेजका पालाको नक्सानुसार छानबिन गरी समस्या हल गर्नका लागि आग्रह गरिएका समूहका संयोजक पल्लवराज भट्टले बताए ।

“सीमाविन्दु यकिन गरी समस्याको दीर्घकालीन रुपमा समाधान गर्नका लागि माग गरेका छौंँ”, उनले भने, “गृह मन्त्रालयका प्रतिनिधि राखेर मागपत्र बुझ्दै उपप्रधानमन्त्री महासेठले नापी विभागलगायत सरोकार निकायसँग समन्वय गरी दश दिनभित्र भारतीय पक्षसँग कूटनीतिक तरवरबाट छलफल गरेर समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको छ ।”

भारतीय पक्षले बेलौरी नगरपालिका– ८ पचुँइ क्षेत्रमा एक हजार ३०० मिटर हुलाकी सडकखण्ड, भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा निर्माणाधीन कल्भर्ट र दोधारा चाँदनी नगरपालिकाका विभिन्न स्थानका सीमा क्षेत्रका नेपाली किसानलाई भोगचलनमा रहेको जग्गामा खेती गर्न पटकपटक अवरोध गर्दै आएकोसमेत मागपत्रमा उल्लेख छ ।

समूहले आजै सीमा समस्याका बारेमा नापी विभाग प्रमुख प्रकाश जोशी, नापी विभागका सीमा हेर्ने शाखाका प्रमुख दयानन्द जोशी, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव जनकराज जोशीलगायतसँंग अनौपचारिक रुपमा छलफल गरिएको संयोजक भट्टले जानकारी गराए । सीमा समस्याका बारेमा मङ्गलबार औपचारिक रुपमा छलफल गरिने भएको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : २६ बजे

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम