‘जुलुङ्गो’लाई जुरी अवार्ड | Khabarhub Khabarhub

‘जुलुङ्गो’लाई जुरी अवार्ड


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भर्चुअल रुपमा चार दिनसम्म सञ्चालन भएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो (स्केरक्रो)’ले ‘लघु फिल्म’तर्फको ‘उत्कृष्ट जुरी अवार्ड’ जितेको छ ।

महोत्सवमा लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्म ‘ग्रामर्सी’ उत्कृष्ट घोषित भएको छ । महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ पाएको छ ।

लोरी फेल्करकको फिल्म ‘स्पोटेनस’ले ‘उत्कृष्ट एक्सपेरिमेन्टल’को जुरी अवार्ड, लेमोह्याङ जेरिमाया मोसेजद्वारा निर्देशित ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ले ‘उत्कृष्ट फिचर फिल्म’को जुरी अवार्ड र ‘ग्रान्ड जुरी अवार्ड’ प्राप्त गर्यो ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा फिल्म प्रदर्शन भएका थिए । महोत्सव अवधिभर निःशुल्क फिल्म प्रदर्शन गरिएको थियो ।

महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ०० बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास