नेपालमा कोरोनाको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहलाई जोखिम | Khabarhub Khabarhub

नेपालमा कोरोनाको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहलाई जोखिम


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको जनाइएको छ ।

हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : ४८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड