ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू | Khabarhub Khabarhub

ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू



मधुमेहलाई मूलतः  १. टायप वान मधुमेह २. टायप टू मधुमेह । ३.गर्भावस्थामा हुने मधुमेह र ४ अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको छ ।

टायप- १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह, बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप-२ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरु हुने मोटोपनासँग सबन्धित जस्ता नामले सम्बोधन गरिन्छ । त्यसैगरी गर्भावस्थाको कारण हुने मधुमेह तेस्रो प्रकारको मधुमेह हो भने ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तैः– प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसी सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।

यी चार किसिमका मधुमेहहरू मध्ये टायप १ मधुमेह अथवा इन्सिुलिन आश्रित मधुमेहको उपचार इन्सुलिन थेरापीबाटै गर्नुपर्ने हुन्छ भने टायप टू मधुमेह अथवा इन्सिुलिन अनाश्रित मधुमेहलाई पनि यदि जीवनशैली परिवर्तन गरेर वा औषधि खाएर पनि रक्त ग्लूकोज नियन्त्रणामा नआएमा इन्सुलिन नै लगाउनु पर्ने हुन्छ ।

कसले लिने ईन्सुलीन

१.अनियन्त्रित मधुमेहले पीडित गर्भवति स्त्री

२. यदि खाने औषधिले मधुमेह कन्ट्रोल नभएमा

३. मुटुका रोग भएका, हृदयघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा, मिर्गौला, नशा, खुट्टाजस्ता संवेदनशिल अंगलाई हानी पुर्‍याइसकेको अवस्थामा

४. टायप वान डाइविटिज र कुपोषणको कारणले हुने मधुमेहमा

५. एडभान्स (झ्याङ्गिसकेको) मधुमेहमा

कसरी लिने इन्सुलिन

१. चिकित्सकले बताए अनुसारको मात्रा लिनु पर्छ

२. इन्सुलिन लिन सुई हान्ने वा इन्सुलिन पेनको उपयोग गर्न सकिन्छ । तर पेन सुईभन्दा सजिलो हुन्छ

३. तोकिएको मात्रा निर्धारण गरेर खाना खानु भन्दा १०—१५ मिनेट पहिले लिनु पर्दछ

४. एक टाएमको इन्सुलिन लिन बिर्सिएमा भुलेर पनि अर्को पटक डवल डोज लिनु हुँदैन

५. दुई इन्सुलिनको बीच १०—१२ घण्टाको ग्याप हुन जरुरी छ

६. इन्सुलिन लाई चिसो तथा सुख्खा ठाउँमा राख्ने गरौँ

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ०१ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको