कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश : निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ? | Khabarhub Khabarhub

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश : निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा अनुमति नलिइ विनाकाम सवारी साधन चलाए जरिवाना तिर्नु पर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा विनाकाम सावरीसाधन चलाए जरिवाना तिराउने व्यवस्था गरिएको हो । यसरी सवारी साधन चालउने दुई पांग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तिराउने व्यवस्था अध्यादेशमा उल्लेख छ ।

अध्यादेशको दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

यसैगरी मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ११ : १३ बजे

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको