नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक | Khabarhub Khabarhub

नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



रुपन्देही– कपिलवस्तु प्रहरीले नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार भएको थियो । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैइरहेको छ ।

उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गोली र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पक्राउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गोली प्रहार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिसइवीका कारण पाण्डेयलाई गोली हानी हत्या गर्ने योजना बनाएको आरोपितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गोली प्रहार भएको थियो ।

पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : १० बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित