क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह | Khabarhub Khabarhub

क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– कोरोना भाइरस– १९ सङ्क्रमणको जोखिम बढेपछि आज सर्वपक्षीय बैठक बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन र त्यसलाई पालना गर्ने गराउने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले गत वर्ष सञ्चालित क्वारेन्टिन, आइसोलेशन पुनःव्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन स्थानीय तहलाई आग्रह गरिएको छ ।

बैठकमा एम्बुलेन्स र शवबाहनमा परेको समस्याका सम्बन्धमा कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत समाधानका लागि पहल गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।

राजनीतिक दल, सामाजिक सङ्घसंस्था सबैले आम नागरिकको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न÷गराउन अआफ्नो स्थानबाट प्रचारप्रसार गरी जनचेतना फैलाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम