गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाइ ‘ब्ल्याकमेल’ गर्ने तीन पक्राउ | Khabarhub Khabarhub

गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाइ ‘ब्ल्याकमेल’ गर्ने तीन पक्राउ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी ट्र्याप’मा फसाइ रकम असुली गरेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ ।

दुईजना पुरुषलाई गेस्ट हाउसमा भेट्न बोलाएर कोठामासँगै बसी गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै पैसा असुल्न खोजेको आरोपमा प्रहरीले महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबु बस्‍ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्‍ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्‍दै आएका शंकर खनाल रहेको प्रहरीले बताएको छ ।

यस गिरोहले कपन र इमाडोल बस्‍ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा बोलाएर कोठामा सँगै बसाएर गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ५ लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : २६ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा