जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह | Khabarhub Khabarhub

जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदका सबै घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाका दोषीलाई राहत क्षतिपूर्तिको व्यवस्था गर्न, पीडितको आवश्यक सुरक्षाको प्रत्याभूति गर्न तथा समाजमा दैनिकजसो घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

समाजमा विभेदको अन्त्य गर्ने दिशामा पूर्णप्रतिबद्ध हुन आयोगले सबै राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था तथा नागरिकलाई अनुरोध गरेको छ । जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च २१) को अवसरमा र आयोगले शुभकामना व्यक्त गर्दै सो आग्रह गरेको हो ।

दलितले छोएको दही खाएको आरोपमा खोटाङ दिक्तेलका एक ज्येष्ठ नागरिक लामो समयदेखि सामाजिक वहिष्करणमा परेको आयोगबाट हालै भएको अनुगमनको क्रममा पाइएको छ । यसवर्ष रुकुमपश्चिम, जाजरकोट, रुपन्देही, उदयपुर, काठमाडौँ, सर्लाहीलगायत देशका विभिन्न जिल्लामा जातीय विभेदसम्बन्धी हत्या, बलात्कार र दुव्र्यवहारलगायत घटना भएका आयोगले जनाएको छ ।

संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि जातीय विभेदको स्थिति कायमै रहेको र दोषीहरू कानून बमोजिम समयमै दण्डित हुन नसकेको स्थिति देखिएको आयोगले जनाएको छ । संयुक्त राष्ट्र सङ्घद्वारा जारी तथा नेपालपक्ष भएको जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ ले सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने तथा भेदभावका कारण पीडित व्यक्ति वा समूहका अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने उल्लेख गरेको छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हक, छुवाछूत तथा भेदभाव विरुद्धको हकलगायतका अधिकारको सुनिश्चितता गरेको छ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता, २०७४ समेतले यस्ता हकको प्रत्याभूति गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : ५९ बजे

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री