कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पा निलम्बित | Khabarhub Khabarhub

कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पा निलम्बित


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– श्रमिक उद्धार कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासांङ शेर्पालाई निलम्बन गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोग रकम श्रमिक उद्धार तथा राहतमा हिनामिना गरेको आरोपमा कोइराला र शेर्पालाई आवासीय नेपाली संघ यूएईको पूर्ण बहुमतले निलम्बन गरेको जनाएको छ।

उनीहरु निलम्बनमा परेसँगै एनआरएनए यूएईको बैठकले प्रथम उपाध्यक्ष निरन्जन प्रसाद सिलवाललाई कार्यवाहक अध्यक्षमा मनोनित गरेको छ ।

संघको विधान अनुसार कार्यसमितिको अनुमतिमा मात्र अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोल्नु पर्नेमा अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पाको नाममा काठमाडौँस्थित माछापुच्छ्रे बैंकमा संयुक्त खाता खोलिएको पाइएको छ।

उक्त खातामा ६० हजार डलर (झन्डै ७० लाख रुपियाँ) रहेको बताइएको छ।

छानबिन समिति गठन

गैर आवासीय नेपाली संघ केन्द्रीय कार्यालयले एनआरएनए युएई रकम हिनामिन प्रकरणमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

संघका कार्यकारी निर्देशक राजेश शमशेर राणाद्वारा जारी विज्ञप्तिमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ।

समितिका सदस्यहरुमा भुवानी प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरि, लक्ष्मण खनाल तथा महेश मोक्तान रहेका छन् ।

गत मंगलबार मात्र मध्यपूर्वबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरुको नाममा एनआरएनए उद्धार कोषमा अनियमितता भएको भन्दै संघ मध्यपूर्व संयोजक प्रविन गुरुङले यस विषयमा छानविनको माग गरेका थिए ।

गुरुङले मध्यपूर्वका कतार, युएई, साउदी अरब, बहराइन, कुवेत र ओमनबाट स्वदेश फर्कने नेपाली श्रमिकहरुलाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीहरुलाई स्वदेश फर्कनुको कारण सोध्ने, कम्पनी नाम, पिसीआर रिपोर्ट, हवाई टिकट, राहदानी आदि इकुमेन्टको फोटो खिच्ने र उद्धारको नाममा फर्जी विल भरपाई लगाएतका कागजात बनाई केहि राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलोमतोमा आर्थिक चलखेल हुने गरेको समेत बताएका थिए।

केही दिनअघि मात्र संघ संघका केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीले एनआरएनएले अलपत्र परेका नेपाली श्रमिकहरुको कोषमा अनियमितता गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका थिए ।

प्रवक्ता क्षेत्रीले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक उद्धार कोषमा भएको सम्पूर्ण खर्च विवरण पारदर्शी तरिकाले राखिएको समेत बताएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : १४ बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा