नेपालमा कोरोना विरुद्धको खोप ल्याइएसँगै डा. पाण्डेले दिए यस्ता सुझाव  | Khabarhub Khabarhub

नेपालमा कोरोना विरुद्धको खोप ल्याइएसँगै डा. पाण्डेले दिए यस्ता सुझाव 


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा आज नेपाल आएको छ ।

– भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो । नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो ।

– नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ । यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो ।

– भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो । भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ । कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् । नेपालमा आएको यो खोप हैन ।

– नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ । तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ ।

– यो खोपको भारतमा ०.१५ % लाई साइड इफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ । यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् ।

– सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने / गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ ।

– कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ ।

– गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन । तसर्थ नलगाउनु सुरक्षित हुन्छ ।

– दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु / किड्नी / फोक्सो / मस्तिष्क / ब्लीडिंग डिस्अर्डर / प्लेटलेट सम्बन्धि समस्या / स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ ।

– नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ ।

– कोभ्याक्स सुबिधा अन्तर्गत २० % जनसंख्यालाई पुग्नेगरि खोप आउँछ । उक्त खोप २ महिनापछि ३ % जनसंख्याको लागि आउँछ । बाँकी १७ % को लागि उपलब्धता अनुसार बिस्तारै आउँछ ।

– अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ । खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ ।

– २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ ।

– महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : १० बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर