भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपालमा, पाँच दिनभित्र प्रदेशमा पुग्ने | Khabarhub Khabarhub

भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपालमा, पाँच दिनभित्र प्रदेशमा पुग्ने


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ ।

खोप लिएर आएको एयर इण्डियाको जहाज बिहान ११:५३ मा अवतरण गरेको थियो । कोरोना खोपको निगरानीका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका थिए ।

सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्तीि केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।

खोप शाखा प्रमुख एवं खोपविज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यकासहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा कोल्डस्टोर राखिनेछ । तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुनेछ।

सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।

यस्तो संख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्यांक छ । अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ ।

नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ३० बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक