विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग « Khabarhub

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डीबी सिलवाल भन्ने धनबहादुर विकलाई  प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका हुन् । उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरिएको छ ।

विक  मंसिर २३ मा मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खे बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : ४५ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट