विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग « Khabarhub

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग


८ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डीबी सिलवाल भन्ने धनबहादुर विकलाई  प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका हुन् । उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरिएको छ ।

विक  मंसिर २३ मा मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खे बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : ४५ बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको