मेरापिकमा पर्यटकसँग गएका भरियाको मृत्यु « Khabarhub

मेरापिकमा पर्यटकसँग गएका भरियाको मृत्यु


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ । पर्यटकको भरियाका रूपमा गएको बुझिए पनि कुन कम्पनीबाट गएको भन्नेबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्कसमेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाइ छ । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ०० बजे

राठीले भने,  ‘दर्शककै कारण विदेशी फिल्म आउने नआउने तय हुन्छ’  

काठमाडौँ– नयाँ वर्षको दिन रिलिज भएको ‘ए मेरो हजुर ४’

रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता

काठमाडौं- रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै शहरमा

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौँ– सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको

‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधि

काठमाडौँ– बाल कलाकार, बाल मोडल तथा बाल गायिका परिश्ना बास्तोला