गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा १० जना पक्राउ | Khabarhub Khabarhub

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा १० जना पक्राउ


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा–  नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् ।

उनलाई गाई काटेको सूचनाका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम