‘एमी अवार्ड’मा ‘द क्राउन’को वर्चस्व | Khabarhub Khabarhub

‘एमी अवार्ड’मा ‘द क्राउन’को वर्चस्व


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(नवभारत टाइम्स)– अहिलेको विश्वमा ‘एमी अवार्ड’ प्रतिष्ठिन अवार्डको रुपमा लिइन्छ । यो अवार्डको ७३ औं संस्करणको विजेता घोषणा गरिएको छ ।

यो अवार्डमा ‘द क्राउन’ले कैयौं विधामा अवार्ड जितेको छ । यो फिल्मले ‘वेस्ट ड्रामा सिरिज’, ‘वेस्ट एक्टर(ड्रामा)’ र ‘वेस्ट एक्टर इन सपोर्टिङ रोल’ जस्ता प्रमुख विधाको अवार्ड पोल्टामा पारेको छ । फिल्मले ‘वेस्ट राइटिङ’ र ‘निर्देशन’ विधाको अवार्ड पनि जितेको छ ।

गत वर्ष यो अवार्ड कोभिड महामारीका कारण भर्चुअल गरिएको थियो । तर यसपटक कोभिड केही मत्थर भएको मौका पारेर विगतका अवार्डझैं भौतिक उपस्थितिमा गरिएको थियो ।

फिल्म ‘द क्राउन’का लागि पीटर मोरगन एण्ड कम्पनीले लेखन, गिलियन एण्डरसनले सहायक अभिनेत्री, टोबियस मेन्जीसले सहायक अभिनेता र जोश ओ कोनेरले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते ।

‘टेड लासो’मा आफ्नो भूमिकाका लागि सुदीकिसले कमेडी सिरिजमा सर्वश्रेष्ठ अभिनेता पुरस्कार जिते । यो फिल्मका लागि हना वाडिंगम र ब्रेट गोल्डस्टीनले सहायक अभिनेताको श्रेणीमा पुरस्कार आफ्नो नाममा पारे ।

इवान मेकग्रेगरले ‘हाल्सटन’मा आफ्नो भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : २३ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा