कलकत्तामा महामारी फैलिएको थियो ।
ईश्वरचन्द्र विद्यासागर विश्वविद्यालय जान घरबाट निस्किए । बाटोमा ठूलो रुखमुनि एकजना मानिस छटपटाइरहेको थियो । ऊ सरसफाइ कर्मचारी थियो । उसका कूचोलगायतका सामान यताउता छरिएका थिए ।
हनहनी ज्वरोले छोपेकाले ऊ बेहोश थियो । ईश्वरचन्द्रले उसलाई पिठ्युँमा बोकेर घर लगे । उसको कपडा बदलिदिए र आफ्नो निजी डाक्टरलाई बोलाएर उसको उपचार गराए ।
नजिकका छिमेकीले सोधे— ऊ को हो ?
ईश्वरचन्द्रले उत्तर दिए— ऊ मेरो भाइ हो । हामी दुवै एउटै काम गर्छौँ । उसले बाहिरी सफाइ गर्छ, म भित्री सफाइ गर्छु ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’पुस्तकबाट
प्रतिक्रिया