एनआईसी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोल्नेलाई आइफोन र स्मार्टवाच | Khabarhub Khabarhub

एनआईसी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोल्नेलाई आइफोन र स्मार्टवाच


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एनआईसी एशिया बैंकले आम जनमानसलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन् ।

२०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेका हुन् ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भए । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ५९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्