कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन



विभिन्न अध्ययनहरूका अनुसार मुटु रोगले विश्वभर वर्षेनी एक करोड़ ७७ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवस्थापन हुन नसके ज्यानै पानी जान सक्ने यो रोग विभिन्न शिलशिलापछि मात्रै देखा पर्छ ।

विशेषतः कोरनरी धमिनीभित्रै आफैँ रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर धमनी साँघुर्‍याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरुलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरिक्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र (इन्टिमल लेयर) च्यातिन्छ । यसपछि  रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ । फलतः जमेको रगतको थेग्लाले पूरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भागभन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन ।

साथै अन्य संवेदनशील अगंहरुमा पनि रक्त आपूर्ति हुन नसक्दा व्यक्तिको मृत्यु हुन्छ । अधिकतर हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरु जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, बिहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियोप्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।

हृदयघातका जोखिमहर

हृदयघातका जोखिमहरुलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुई समूहमा विभक्त गरिएको छ । उल्ट्याउन सकिने जोखिमहरुको मूख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धी मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

उल्ट्याउन सकिने जोखिमहरुमा मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरुकोकमी र टायप ए व्यक्तित्व आदि हुन । उल्ट्याउन नसकिने जोखिमहरुमा उमेर लिंग र अनुवंशीक प्रभावहरु पर्दछन् । तर, आज हृदयघातको विरक्तलाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिने भन्दा उल्ट्याउन सकिने जोखिमहरुको मूख्य योगदान छ । विज्ञहरु भन्छन्- कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन हो ।

मानव र प्रकृति विचको वढ्दो दूरी, वातावरणीय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमवाट पन्छिने अल्छि वानी आफ्ना हठ अडान र निर्णयप्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज ९आहार निन्द्रा, भय मैथुनजस्ता प्राकृतिक चाहनाहरुको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीसँग सम्वन्धित कारकतत्वहरु हृदयघातलगायत अन्य मुटुरोगहरुको मुख्य कारक हुन् ।

जीवनशैली परिवर्तन

जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनि वैज्ञानिक तथ्य र आधारहरुसहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा। डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुनेगरी ठीक समायोजन गर्नु हो ।

भोजन व्यवस्थापन

मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग, बल) वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड, पानी,रेशा, एण्टि अक्सिडेण्ट र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरु मुटुरोगका लागि राम्रो मानिन्छ ।

चामल, गहु, मकै, आलु पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१.घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुँदैन । खाना पकाउन अत्यन्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ । शुद्ध तोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।

२.मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुरजस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।

३.नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलीय फलहरु खानु हुँदैन ।

४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदार्थ मुटुको लागि राम्रो होइन ।

५. पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाई भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडीदिनु पर्छ । ठोस भोजन दिनको दुई पटक मात्र होस् । रात्रीकालीन भोजनमा अन्नकोमात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारीको सुप, उसिनेको सागसब्जी र तरकारीजस्ता चाडै पच्ने खाना खाने गरौँ ।

६. खानामा नुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियम वेन्जोएटजस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउजस्ता अतिरित्त लवण राखिएका खाद्य पदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

७. खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लैअन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमी साग, अंकुरीत गेडागुडी वा जमरामा एण्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ ।

व्यायाम व्यवस्थापन

१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुँदैन । अंग ब्यायाम, रिढ ब्यायाम, शिथिलीकरण ब्यायाम, प्रातः ग्रमणजस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।

२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।

३. ब्यायामलाई दिनचर्याको मुख्य अंग बनाउनुपर्छ । ब्यायाम गर्ने भनेर एकैदिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।

बिश्राम व्यबस्थापन

१. मुटु रोगीका लागि बिश्राम, भोजन र ब्यायामभन्दा पनि महत्त्वपूर्ण छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नुपर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाहअनुसार औषधि खाएर भए पनि सुत्ने प्रयास गरौँ । दिउँसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाँढै नसुत्ने, र खाना खानेबित्तिकै सुत्ने बानी मुटुका लागि खतरनाक मानिन्छ ।

२. शारीरिक तथा मानसिक रुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक, प्राणिक इनरजाईजीङ्ग टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक, डिप रिल्याक्सेसन् टेक्निक, क्विक रिल्याक्सेसन टेक्निक, ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निकजस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरीरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, साउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

विचार व्यावस्थापन

वैचारिकस्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हाँस्दा हृदय हाँस्छ, हजुर रुदा हृदय रुन्छ । क्रुद्ध र भावुक हुँदा हृदय पनि विचलित हुन्छ । रुग्न मानसिकता भएकाहरुको हृदय पनि चाँडै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।

१. हृदयरोगवाट बच्न अव्यवहारिक र पूरा नहुने महत्वकांक्षाबाट बच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्बोधन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुसँग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पती र नाम कमाउने वा उन्नति गर्ने चाहनामा आफूलाई तिरोहित गर्नु हुँदैन ।

२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन् । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने बानी मुटुको लागि राम्रो हो ।

३. बिहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । योग, निद्रा, जप, प्रार्थाना  वा एकान्तबास जस्ता साधना नियमपूर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

५. तनाब व्यवस्थापनको नाममा चुरोट, सूर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफूलाई भुलाउन नखोजौँ ।

ब्यबहार ब्यस्थापन

हृदय हरेक ब्यवहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपाँइँको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ । अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पारिदिन्छ । यसर्थ हाम्रो दिनचर्या र आनिबानी हृदयमैत्री हुन जरुरी छ ।

१. बिहान ब्रम्ह मूहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी अगाडि देखि घाम झुल्किदा सम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विसर्जन गरी सुचीनिची भई दाँत माझी ब्यायामको लागि तयार हुनुपर्छ ।

२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसोगर्दा कार्य ब्यबस्थापन सुचारु भई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छदेखि सात बजेभित्र खाना खाई सक्ने । त्यसको तीन घण्टापछि मात्र सुत्न जाने गर्नुपर्छ ।

४. नाम र दामको पछाडि मरिहत्ते गर्ने बानी मुटुका लागि राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्यसैमा सन्तोष गरौं ।

५. आफ्नो ब्यक्तित्वलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रश्रय नदिउँ । सानालाई माया र ठूलालाई आदार गरौं । दुःखीहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।

६. आफ्ना गल्ती तथा भूलहरुलाई फेरि नगर्ने संकल्पका साथ भुलौँ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्व राख्ने, मनमा लागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्त्ति हृदय रोगको सिकार हुन सक्छ ।


भर्खर

0