नक्कली पास बनाइ निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ४ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली पास बनाइ निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ४ जना पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही प्रहरीले सार्वजनिक यातायातको नक्कली पास बनाई निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

वैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गरेको भन्दै प्रहरीले ४ जनालाई बुटवलबाट पक्राउ गरि कारबाही गरेको हो ।

असार ४ गते बुटवलमा सवारी लिई हिँड्ने, नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरेको भन्दै गुल्मी धुर्कोट नगरपालिका वडा नं.७ स्थाई घर भई हाल बुटवल बस्ने बर्ष २७ का बिनोद घिमिरे, बुटवल वडा नं.११ बस्ने बर्ष ५३ का रोलक बहादुर बुढाक्षेत्री , वडा नं.१२ बस्ने बर्ष ३९ का मनोज गैह्रे र गुल्मी मुसिकोट नगरपालिका वडा नं.७ बस्ने बर्ष २७ का विपिन काफ्लेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेको पाइएकोले सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम कारबाही गरिएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले घिमिरे, बुढाक्षेत्री र काफ्लेलाई जनही रु.५० हजार जरिवाना र गैह्रेलाई रु.५ हजार जरिवाना तोकी जरिवाना वापतको १ लाख ५५ हजार दाखिला गराई छाडेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ५६ बजे

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि