कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा | Khabarhub Khabarhub

कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ ।

कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।

कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो ।

असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : १५ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै