‘रेस्क्यू म्यूजिक अवार्ड’को तयारी | Khabarhub Khabarhub

‘रेस्क्यू म्यूजिक अवार्ड’को तयारी


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।

संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए ।

‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने ।

समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।

‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्‍याउनेलाई दिनेछौं’, समनले भने ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : १५ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान