अर्थविद् भन्छन् : खोपमाथि लगानी गरेर अर्थतन्त्र सुचारु गर्नुपर्छ | Khabarhub Khabarhub

अर्थविद् भन्छन् : खोपमाथि लगानी गरेर अर्थतन्त्र सुचारु गर्नुपर्छ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थविद तथा उद्योगी व्यबसायीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताउँदै तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने बताउदै उद्योग व्यवसाय संचालन गर्न तत्काल खोपको जोहो गर्नुपर्ने राय दिए ।

एउटा मात्रै देशको भर नपर्न र जुनसुकै देशबाट खोप ल्याएर अहिले खोपमाथि लगानी गर्नुपर्ने उनीहरुको भनाइ छ ।

वरिष्ठ अर्थविद् नरबहादुर थापा

नेपाल लगायतका अन्य दक्षिण एसियाली देशहरुमा कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको अर्थविद् नरबहादुर थापा बताउँछन् ।

जुन देशले उद्योग क्षेत्रलाई प्राथमिकता दियो त्यो देश अगाडि बढेको र महामारी धक्काबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको उनको भनाई छ ।

अन्य देशको अनुभवबाट नेपालले सिक्नुपर्ने बताउदै अर्थविद् थापाले भने, ‘अहिले कोरोनाको समयमा नेपालको अर्थतन्त्रलाई वैदेशिक रोजगारीले धानेको छ’ ।

माहामारीले नेपालमा करिब २७ लाख नेपाली नागरिक बेरोजगार बनाएको छ ।

अर्थविद् थापाले सरकारको खर्च हुन नसकेको ३ सय ४५ अरव रकम नेपाल राष्ट्र बैंकमा रहेको भन्दै यसबाट कोरोना नियन्त्रणका लागि प्रयोग गर्न सकिने बताए ।

अब आउन लागेको अर्थनीतिमा स्वास्थ्य सुरक्षा, अर्थतन्त्रलाई कसरी बलियो कृषि र उद्योगलाई जोड्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट फेरि एक वर्षका लागि कर्जाको समय अवधि थप्नुपर्ने सुझाव दिदैं अर्थविद् थापाले भने, ‘राष्ट्र बैंकले कुन क्षेत्रमा कर्जा दिने, प्राथमिक क्षेत्रबाट अन्य क्षेत्रलाई पनि सहज रुपले कर्जाको विस्तार गर्नुपर्छ ।’

वरिष्ठ व्यवसायी भिमलाल पौडेल

नेपाल चेम्बर अफ कमर्शका उद्योग समिति सभापति भिमलाल पौडेलले कोरोनाका कारण चीनबाट सामानहरु ल्याउन डेढ वर्षदेखि बन्द रहेको बताए ।

अहिले केहि उद्योगहरु सञ्चालन रहेपनि कच्चा पदार्थका कारण बन्द भएको उनले गुनासो गरे ।

‘कोरोनाका कारण जब बजार नै बन्द छ, देश नै ठप्प छ भने उद्योगका लागि कच्चा पदार्थ कहाँबाट पाउनु’ उनले भने, ‘उद्योगीहरुलाई बैंकको व्याज र स्टाप, मजदुरलाई पेमेन्ट गर्नुपर्ने हुँदा अहिले उद्योहरुको अवस्था भयावह अवस्थामा पुगेको छ ।’

यी समस्याको समाधानका लागि खोपको व्यवस्थापन छिटो गरेर अघि बढ्नुको विकल्प नरहेको पौडेलेको भनाई छ ।

पुर्व मन्त्री भगवती चौधरी

पूर्वमन्त्री एवं फरवड माइक्रो फाइनान्सका अध्यक्ष भगवति चौधरीले कोरोनाका कारण माइक्रो फाइनान्सदेखि सबै क्षेत्रहरु धरासायी भएको बताइन् ।

उनले लघुवित्तहरुले संयमता अपनाएको उल्लेख गर्दै बन्दका बेला लघुवित्तले सदस्यहरुलाई राहत उपलव्ध गराएको समेत बताइन् ।

व्यवसायी नयनबहादुर पण्डित

कार्यक्रममा बरिष्ठ व्यवसायी एंव हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले कोरोना महामारीका कारण धरासायी बनेको व्यवसायलाई वैकल्पीक व्यवस्थाबाट संचालन गरी अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए ।

उनले व्यवसायीहरुलाई सामान आयात र निर्यातमा सहजिकरण गर्न माग गरे ।

‘सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन मात्रै गरेर हुदैन’ उनले भने, ‘अर्थतन्त्र चलायमानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुपर्छ ।’

सुन व्यवसायी नरेन्द्रकुमार गुप्ता

त्यस्तै आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले कोरोनाका कारण सुन व्यवसाय बन्द भएको र यसको आयात निर्यात नै ठप्प भएको बताए ।

‘अहिले सुनको आयत पनि बन्द भएको अवस्था छ । निर्यात पनि कम मात्र भएको छ’ उनले भने, ‘लकडाउनले मात्र कोभिडबाट बचाउन सक्दैन, सरकारले लकडाउन खोलेर व्यापार व्यवसाय सुचारु गर्न दिनुपर्छ ।’

व्यूटी प्याजन व्यवसायी टेकराज पाण्डे

मेकअप तथा व्यूटी प्याजनका व्यवसायी टेकराज पाण्डेले कोरोनाका कारण विउटी सैलुङ क्षेत्रमा बढी प्रभाव पारेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : २२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम