‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक | Khabarhub Khabarhub

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’को उत्कृष्ट दश कृतिहरुको नामावली सार्वजनिक भएको छ ।

पुरस्कारको राशी ५० हजार रुपैँया रहेको छ । यो नामावली वर्षभरिमा नयाँ लेखकहरुले २०७७ सालमा प्रकाशन गरेका २७ पुस्तकबाट छानेको छ ।

ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरुले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले १० पुस्तक छानेको हो ।

‘नयाँ लेखकका २७ भन्दा बढि पुस्तक प्रकाशन भए होलान् । तर हामीले सबै प्रकाशन गृह, सबै जसो लेखक, देशभित्र र बाहिरबाट धेरैअघिदेखि सोधखोज गर्दा नयाँ लेखकका २७ पुस्तक फेला पार्‍यौँ’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘यो सुची तिनै नयाँ डेब्यु कृतिहरुबाट छानिएको हो ।’

छानिएका डेब्यु पुस्तकहरुमा सुरेश बडालको कथा संग्रह ‘रहर’ लक्ष्मण अधिकारीको कथा संग्रह ‘मर्फिन’, प्रेमबहादुर बोहोराका संस्मरणात्मक कृति ‘कोग्ले’, पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’, केदार वसिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कारसँग सम्बन्धित अनुसन्धानात्मक कृति ‘नेपाल विद्या’ रहेका छन् ।

साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि छानिएका अन्य पुस्तकहरुमा लता केसीको लघुकथा सङ्ग्रह ‘चोटदेखि मृत्युसम्म’, प्रशान्त शर्माको उपन्यास ‘रूखहरूको मृत्य’, प्रकाश सुवेदीको उपन्यास ‘आशा छ’, नमिता दवाडीको कविता सङ्ग्रह ‘जीवन नदीको किनारै किनार’ र सरला गौतमको उपन्यास ‘डुमेरा’ परेका छन् ।

‘छानिएका यी कृतिहरुलाई साहित्यपोस्टका विषय सम्पादकहरु, स्तम्भकार एवं समीक्षक गरि १५ जनालाई जिम्मा लगाइने छ । उहाँहरुले दिएका नम्बरहरुलाई जोडेर १५ ले भाग गर्दा जुन कृतिले बढि नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रुपमा पुरस्कृत गर्नेछौँ ।’ कोइराला भन्छन्, ‘हाम्रा निर्णायकहरु लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यहि कारण यी दशवटा कृतिहरु मध्येबाट पनि उत्कृष्ट कृति छनोट हुने कुरामा सम्पादकीय टिम विस्वस्त छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : १६ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्