एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा | Khabarhub Khabarhub

एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

स्वास्थ्य बीमा बोर्डले झण्डै पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो ।

स्वास्थ्यचौकीले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखासँग जनशक्तिको माग गर्दै आए पनि हालसम्म उपलब्ध नहुँदा मेसिन भएर पनि सामान्य एक्सरे गर्न सो क्षेत्रका बासिन्दालाई पोखरा पठाउनुपरेको स्वास्थ्य केन्द्रका प्रमुख प्रताप पौडेलले जानकारी दिए ।

उनकाअनुसार मेसिन सञ्चालन नहुँदा बिग्रने समस्या बढेको छ भने स्थानीय जनताले पनि असुविधा भोग्नुपरेको छ । केन्द्रमा एक्सरे गर्नुपर्ने १५ देखि २० बिरामी आउने गरेका छन् ।

स्वास्थ्य बीमाको सुविधासमेत रहेको सो केन्द्रमा आकस्मिक सेवा, प्रयोगशाला, २४ घण्टा प्रसूति सेवा, बच्चाको खोप, इसिजी, परिवार नियोजनलगायतका सेवासहित नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधिसमेत उपलब्ध गराउँदै आएको उनले सो केन्द्रको स्थलगत अनुगमनमा पुगेका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मालाई जानकारी गराए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा स्वास्थ्य केन्द्रको हातामा निर्माण भएको चारवटा सटरसहितको ट्रष्ट फार्मेसी भवनको अनुगमनका लागि सो स्थानमा पुगेका शर्माले एक्सरे मेसिन सञ्चालनका लागि आफूले महानगरसँग समन्वय गर्ने विश्वास व्यक्त गरे ।

सो केन्द्रमा दरबन्दीअनुसार एक चिकित्सक र एक स्टाफनर्ससमेत नहुँदा सेवाग्राहीलाई उपचारमा सोचेजस्तो सेवा प्रदान गर्न नसकिए पनि हाल छात्रवृत्तिमा अध्ययन गरेका एमबीबीएसका तीन विद्यार्थीले स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।

पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराए पनि आवश्यक जनशक्तिको अभावमा मेसिन सञ्चालन गर्न नसकिएको बताए ।

पोखराको शिशुवा स्वास्थ्यचौकीमा मेसिन सञ्चालन गरी निरन्तर सेवा प्रदान गर्दै आएको बताउँदै उनले बोर्डले उपलब्ध गराएको पोखरा–१६ अर्मला र कृष्ति स्वास्थ्य केन्द्रको मेसिन लामो समयदेखि प्रयोगमा आउन नसकेको जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ५५ बजे

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका