कांग्रेस नेता कोइरालाको आज ११औँ स्मृति दिवस | Khabarhub Khabarhub

कांग्रेस नेता कोइरालाको आज ११औँ स्मृति दिवस


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणमा कार्यक्रम गर्दैछन् ।

राणाशासनविरोधी आन्दोलनमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक-पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

२०६२/६३ को जनआन्दोलनमार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको भूमिका स्मरणीय ५ ।

२०५३ सालमा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए ।

कोइराला शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छन् । उनको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : १५ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा