प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री ढुक्क हुनुहन्छ : नेम्वाङ | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री ढुक्क हुनुहन्छ : नेम्वाङ


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा नेता सुबास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क रहेको बताएका छन् । उनले प्रधानमन्त्रीमाथि आफूलाई पनि साह्रै विश्वास रहेको बताएका छन्।

शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यूमाथि मलाई साह्रै विश्वास छ, हामीलाई साह्रै विश्वास छ।’

उनले अहिले देशै निर्वाचनमय भएको भएको बताए। उनले विपक्षमा रहेका दलहरु पनि वडा तहसम्म चुनाव चिन्ह लिएर प्रचार गर्दै हिँडेको बताए।

उनले सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट भोट माग्दै विज्ञप्ति निकाल्ने बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : २७ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका