बाइडेनले सम्हाले ४६ औँ अमेरिकी राष्ट्रपतिको पदभार | Khabarhub Khabarhub

बाइडेनले सम्हाले ४६ औँ अमेरिकी राष्ट्रपतिको पदभार

सम्बोधनका क्रममा भने : यो प्रजातन्त्रको दिन हो


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार सम्हालेका छन् ।

बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार सम्हालेका हुन ।

बाइडेनसँगै अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसले सपथ लिएकी छिन । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिएकी हुन्।

सपथ लिइसकेपछि सम्बोधनका क्रममा राष्ट्रपति जो बाइडेनले भने , “यो प्रजातन्त्रको दिन हो।”

उनले भने “प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ । यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।”

नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।

उनले राष्ट्रपतिको रूपमा गरेको सम्बोधनमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बताएका थिए ।

विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातिय समानता सम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवादका विषयम सम्बोधनका क्रममा समेटेका थिए ।

शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प भने पूर्व घोषणा बमोजिम सहभागी भएका थिएनन ।

तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित थिए । समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित भएका थिए ।

डेमोक्रेटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै “आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन्।”

नोभेम्मबर २०, सन् १९४२ मा जन्मिएका जो बाइडेनको पूरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हो ।

उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए । बाइडेनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

शपथग्रहण कार्यक्रमलाई लक्षित गरी अमेरिकाका ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको थियो । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन अनुसार निरन्तरता दिएको हो । शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति दिएका थिए ।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत प्राप्तका साथ ऐतिहासिक जित हासिल गरेका थिए । तथा डोनाल्ड ट्रम्पले भने २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : १९ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन