बसको ठक्करबाट स्कुटर चालकको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : ४० बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१