मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ ।

लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो ।

सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ ।

पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलो भएकाले काम ढिला भएको हो । मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । ‘दुई वडाको डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’  उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’

लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ३४ बजे

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना