सुटिङको तीन दिनमै ‘बाजीराव मस्तानी’ छोड्न चाहन्थिइन् प्रियंका | Khabarhub Khabarhub

सुटिङको तीन दिनमै ‘बाजीराव मस्तानी’ छोड्न चाहन्थिइन् प्रियंका


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो अभिनयका कारण विश्वभर नाम कमाएकी छन् । उनी बलिउड र हलिउडमा बराबर काम गरिरहेकी छन् । त्यहीकारण हातमा राम्रो प्रोजेक्ट पनि पाइरहेकी छन् ।

बलिउडमा प्रियंकाले कैयौं फिल्ममा महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छन् । उनका धेरै फिल्म बक्सअफिसमा हिट साबित भएका छन् । प्रियंकाको नाम लिँदा दर्शकले फिल्म ‘बाजीराव मस्तानी’को ‘काशीबाई’ चरित्रलाई बिर्सदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ कि प्रियंकाले यो फिल्म तीन दिनको सुटिङ पछि छोड्ने मनस्थिति बनाएकी थिइन् ।

फिल्मका अभिनेता रणवीर सिंहले फिल्म कम्पेनियनलाइ दिएको अन्तरवार्तामा यो कुराको खुलासा गरेका हुन् । ‘बाजीराव मस्तानीको सुटिङको बेला निर्देशक सञ्जय लीला भन्सालीको युनिक स्टाइलप्रति प्रियंका जानकार थिइनन् । मैले पहिलोपटक प्रियंकालाई यस किसिमको फिल्म छोड्दै गरेको देखें । उनले आफूलाई के भइरहेको छ भनेर सम्झन सकिरहेकी थिइनन् । बेलुकाको ९ बजेसम्म हामीहरु कुराकानीमा व्यस्त थियौं । प्रियंकाको एक सट पनि लिइएको थिएन । प्रियंका भन्सालीसँग काम गर्न तयार थिइनन्’, उनले भनेका छन् ।

रणवीरका अनुसार प्रियंका फिल्मको सुटिङको तेस्रो दिनमै सुटिङ सेट छोडेर गइरहेकी थिइन् । उनी फिल्म छोडेर घर जान चाहेकी थिइन् । तर उनले पुनः काम गर्ने मनस्थिति बनाएपछि फिल्ममा काम गरिन् र आफ्नो शानदार अभिनयले सबैलाई प्रभावित पारिन् ।

यो फिल्ममा रणवीर र प्रियंकासँगै दीपिका पादुकोणको पनि अभिनय रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : १६ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई