लागुऔषधसहित दुई युवा पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित दुई युवा पक्राउ


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना युवालाई ठूलो मात्राको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

गत ३१ भदौमा इनरुवा- ३ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने सखुवागाछीमा जाँच गर्ने क्रममा कुल नौ हजार २५० क्याप्सुल ट्रमाडोलसहित धरान- ७ का ३० वर्षीय सन्तोष लिम्बू र धरान- ८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं. १-०२-०४५प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठूलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरीको कोसी गाउँपालिका- ७ सप्तकोसी नदीको किनारको झाडीमा ६० किलो बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ । चारवटा प्लास्टिकका बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ०१ बजे

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा