तालिवान सत्तामा आएपछि अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध | Khabarhub Khabarhub

तालिवान सत्तामा आएपछि अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।

समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना सत्ता कब्जा गरेका तालिवानले आफूहरूले महिला र पुरूषलाई भेदभाव नगर्ने बताएका थिए ।

केही समयअघि तालिवानले विश्वविद्यालयमा महिला र पुरूष विद्यार्थीले अलग(अलग पढ्नुपर्ने नियम बसालेका थिए । त्यस्तै, सुरक्षा अवस्थामा सुधार नआउन्जेल कामकाजी महिलालाई घरमै बस्न तालिवानले निर्देशन दिएको थियो ।

पछिल्लो निर्णयसँगै अधिकांश अभिभावक र छात्राहरू तालिवान सरकारसँग झस्किएका छन् । तालिवान महिलाप्रति पहिला जस्तै कठोर बन्न खोजेको धेरैले आशंका गरेका छन् । सन् १९९० को दशकमा सत्तामा हुँदा तालिवानले बालिका र महिलाको अधिकारमा अंकुश लगाएको थियो । अफगान माध्यमिक विद्यालय १३ देखि १८ वर्षको उमेर समूहका विद्यार्थीका लागि लक्षित छन् । छात्र र छात्रा पढ्ने विद्यालय अलग छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ३२ बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३