भारतीय दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति आह्वान | Khabarhub Khabarhub

भारतीय दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति आह्वान


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ ।

सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले आज पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ ।

शैक्षिक सत्र सन् २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा सो कन्सल्टेन्सीले कम्पेक्स स्कलरशिपका लागि अगस्त चार तारिखसम्म आवेदन दिन सकिने जनाएको छ ।

छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम बिई इन्जिनीयरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि, बिएस्सी नर्सिङका लागि आवेदन मागेको हो । कक्षा १२ मा ६० प्रतिशत नतिजासहित उत्तीर्ण र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो स्कलरशिपको जाँच दिन सक्नेछन् ।

कम्पेक्स स्कलरशिप प्रदान गर्ने भारतको उडिसामा अवस्थित कालिङ्गा इस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी, किट युनिभर्सिटीलाई वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रवर्द्धन गर्दै आएको तथा महर्षि मारकन्डेश्वर युनिभर्सिटीको नेपालको अथोराइज एड्मिशन अफिस आफ्नो कन्सल्टेन्सी रहेको संस्थाका प्रबन्ध निर्देशक सुदीप नायकले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : ३० बजे

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको