भीम रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष ओलीको आग्रह | Khabarhub Khabarhub

भीम रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष ओलीको आग्रह


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

सोमबार ललितपुरको च्यासलमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएको बताए । यद्यपि त्यो आवश्यक नरहेको ओलीको भनाइ थियो ।

ओलीले भने, ‘अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनहोस् ।’ एकता जोगाउन आग्रह गर्दा माधव नेपालले रावललाई हप्काएर पठाएपछि रावलले राजीनामा दिएको ओलीले बताए ।

सर्वोच्च अदालतको आदेशमा दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठक शुरू हुनु अगावै रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।

रावल एमालेको विघटित कार्यदलको नेपाल पक्षका संयोजक पनि हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ४९ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा