पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित | Khabarhub Khabarhub

पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी भएको छ ।

लिड्समा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो । इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहमद रिजवानले ३७ रन जोड्दा शादब खानले अविजित ३६ रन बनाए । कप्तान बाबर आजम २२ रनमा आउट भए ।

बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : ४० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय