स्वास्थ्य सामग्री बाँड्न रामचन्द्र पौडेल गृह जिल्लामा | Khabarhub Khabarhub

स्वास्थ्य सामग्री बाँड्न रामचन्द्र पौडेल गृह जिल्लामा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्लाका १० वटै पालिका र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । शनिवार तनहुँको व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्रीहरु औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता पौडेलले ११ वटा अक्सिजन कन्सिट्रेटर, पीपीई, १ हजार ३ सय ३० थान फेसशिल्ड तथा मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरे छन् ।

जिल्लाका १० पालिकाका साथै दमौली अस्पताल, जीपी कोइराला अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही अस्पतालका लागि पनि पौडेलले केही राहत सामग्री हस्तान्तरण गरेका छन् ।

ढिला गरी गृहजिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्न आएका पौडेलले आफू राष्ट्रिय राजनीतिमा व्यस्त भएको कारण यसअघिको संकटको अवस्थामा आउन नसकेको बताए ।

कोरोना संक्रमणको जोखिमकै बेला लोकतन्त्र नै संकटमा परेको अवस्था हुँदा आफूले राष्ट्रिय राजनीतिमा सक्रिय हुनु परेको भन्दै उनले कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : १२ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान