भारतीय सेनाले गोर्खा भर्तीको सूचना सच्यायो, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिने | Khabarhub Khabarhub

भारतीय सेनाले गोर्खा भर्तीको सूचना सच्यायो, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिने


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाले नेपाली युवतीलाई भर्तीका लागि आह्वान गरेको सूचना सच्याएको छ । नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने सूचना आह्वानसँगै चौतर्फी विरोध भएपछि संशोधन गरिएको हो ।

गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो । सरकारी स्रोतहरुले समेत परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति व्यक्त गरेका थिए ।

जोइन इन्डियन आर्मी वेबसाइटमा जुन १५ तारिखमा राखिएको भूलसुधारमा सूचनाको गोर्खा सम्बन्धी खण्डलाई संशोधन गरिएको छ । सो भूलसुधारमा ‘सबै गोर्खाहरु (नेपाली र भारतीय)को सट्टा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख गरिएको छ ।

भारतीय सेनाले सूचनालाई सच्याएपनि यसअघि जारी गरिएको सूचनालाई भने हटाएको छैन ।

भूलसुधारपछि पनि वक्तव्य जारी गर्दै भारतीय सेनाका रिटायर्ड कर्णेल धनबहादुर थापा अध्यक्ष रहेको भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पनि सूचना गलत रहेको जनाएको छ ।

महासंघले नेपाल र भारतबीच आँच आउने अभिव्यक्ति नदिन पनि भनेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ५५ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा