मेलम्चीका बाढीपीडितलाई कलाकारको राहत | Khabarhub Khabarhub

मेलम्चीका बाढीपीडितलाई कलाकारको राहत


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीका बाढी प्रभावितलाई राहत प्रदान गर्न नेपाली फिल्म क्षेत्रका कलाकारहरु एकजुट भएका छन् । उनीहरु मेलम्ची नै पुगेर पीडितलाई राहत प्रदान गरिरहेका छन् ।

यही क्रममा कतिपय सेलिब्रेटीले गाडीको प्रयोग गरेका छन् भने कतिपयले हेलिकप्टरमार्फत राहतको सामाग्री पुर्‍याएका छन् ।

अभिनेत्री श्वेता खड्का र उनको सामाजिक समूह शुक्रबार प्रभु हेलिकोप्टरबाट हेलम्बुलगायत सिन्धुपाल्चोकका बाढीग्रस्त ठाउँ पुगे । खाद्यन्न र लुगाफाटोसहितका सहायता लिएर उनीहरुको टोली हेलम्बु, तिम्बु, चनौटे र तारामराङ गएको थियो ।

बाढीपहिरो गएपछि फेसबुकमा उनले चलाएको राहत संकलन अभियानबाट प्राप्त सहयोग र आफ्नो केही सहयोग लिएर उनी त्यहाँ पुगेकी हुन् । श्वेताले सिन्धुपाल्चोकमै भूकम्प पीडित माझीका लागि माझी बस्ती बनाएकी थिइन् ।

यस्तै अभिनेत्री आँचल शर्मा र उनका टिमले पनि सिन्धुपाल्चोक पुगेर सहयोग गरेको छ । आँचलसँगै निर्देशक मिलन चाम्स, वसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सहयोग वितरण गरेको थियो ।

हाँस्य कलाकार कुमार कट्टेलले आफ्नो कलाकार समूह लिएर सिन्धुपाल्चोक पुगी राहत प्रदान गरेका छन् । कुमारसहित जयराम सिग्देल, मधुसुदन पाठक, अशोक धिताल, गोपाल लामालगायतले ३० बोरा चामल, ३४ वटा ब्ल्याङ्केटलगायत अन्य सामाग्री बाढीपीडितलाई दिएका थिए । अभिनेत्री पूजा शर्मा, कलाकार राज कटवालको टोली पनि सिन्धुपाल्चोकको मेलम्ची पुगेर राहत प्रदान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ५० बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा