सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा | Khabarhub Khabarhub

सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउटलाई सामुदायिक विद्यायमा एउटा छुट्टै एकाइको रूपमा स्थापित गरिने घोषणा गरेका छन् ।

स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने ओलीले घोषणा गरेका हुन् ।

नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै सात प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको पनि जानकारी दिए।

‘अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको छ,’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : १५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई